Aug 09 2026 | २०८३, साउन २४ गते

अनुष्का सिलवालको काव्यसंग्रह 'बर्डेन अफ ब्रेथ' सार्वजनिक

अनुष्का सिलवालको काव्यसंग्रह 'बर्डेन अफ ब्रेथ' सार्वजनिक

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
  • अनुष्का सिलवालको काव्यसंग्रह 'बर्डेन अफ ब्रेथ' सार्वजनिक

    उदीयमान लेखक, मार्केटर तथा स्टोरी टेलर अनुष्का सिलवालको पहिलो काव्यसंग्रह 'बर्डेन अफ ब्रेथ' शनिबार सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार प्रा। गोविन्दराज भट्टराई तथा मण्डला बुक पोइन्टका माधवलाल महर्जनले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका हुन्

    images

    सार्वजनिक कृतिमा प्रेम, आत्मपहिचान, आन्तरिक संवेदना र मानवीय अस्तित्वको संवेदनशील गहिराइलाई समेटिएको लेखक सिलवालले बताएकी छ ।

    काठमाडौंमा जन्मिएर हुर्किएकी २४ वर्षीया सिलवालले यस पुस्तकमा ११७ वटा कविताहरू समेटेकी छन् । पुस्तकको शीर्षक मनाङ यात्राका क्रममा एक उकालीमा रोकिएर सास फेर्दा प्राप्त दुई अर्थपूर्ण अनुभूतिबाट उत्पन्न भएको हो– श्वास लिनु नै जीवनको प्रथम उपहार र त्यही साथमा बोकिएको गहनतम बोझ पनि हो । यही गहिरो रूपकले सम्पूर्ण कृतिको भावनात्मक सारलाई निर्धारण गर्ने लेखकको भनाइ छ ।

    दुवै अतिथिले सिलवालको कृतिमा देखिएको काव्यिक सान्दर्भिकता, भाषिक सूक्ष्मता र अव्यक्त भावनाहरूलाई सुस्पष्ट रूपमा शब्दबद्ध गर्ने उनको क्षमता प्रशंसनीय रहेको बताए । उनीहरूले प्रारम्भिक समीक्षाहरूले पनि उनको आवाजको प्रामाणिकता र व्यक्तिगत यात्राको संवेदनशील अभिव्यक्तिले समकालीन पाठकहरूमा बलियो प्रतिध्वनि जन्माउने विश्वास व्यक्त गरे ।

    विमोचन समारोहमा लेखक सिलवालले आफ्नो सिर्जनात्मक यात्रामा साथ र प्रेरणा प्रदान गर्ने गुरु, शिक्षक तथा परिवारजनप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी कार्यलाई समर्पित गरिने जानकारी दिइन् । उनले भनिन्, 'म आफूलाई पूर्णकालीन लेखक भन्दिनँ, तर लेखन सधैँ मेरो मौन, आन्तरिक हिस्सा बनेर रह्यो । यो पुस्तक त्यही हिस्सालाई संसारसँग साझा गर्ने मेरो प्रयास हो । मेरा शब्दहरूले सुन्ने आकांक्षा राख्ने, बुझिन चाहने वा आफुलाई खोज्न चाहने कुनै पनि पाठकमाझ पुगून् भन्ने मेरो इच्छा हो ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट