Aug 12 2026 | २०८३, साउन २७ गते

नेपाल–भारत सीमा विवाद: भारतीय विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया

नेपाल–भारत सीमा विवाद: भारतीय विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १९ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १९ २०८३
  • नेपाल–भारत सीमा विवाद: भारतीय विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदमा भारतसँगको सीमा विवाद सम्बन्धमा व्यक्त गरेको धारणाप्रति भारत सरकारले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    images

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा यो प्रतिक्रिया दिएका हुन् ।

    पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमा प्रश्नमा चीन र बेलायतसँग छलफल भइरहेको उल्लेख गरेको सन्दर्भमा भारतको धारणा सोधेका थिए । सो प्रश्नको जवाफ दिँदै जैसवालले भने, 'नेपालका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयको पछिल्लो अभिव्यक्तिप्रति हाम्रो ध्यान गएको छ ।  भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत निर्धारित भइसकेको छ । केही हिस्सामा समस्या छ, गण्डक नदीको बहावमा परिवर्तन भएको कारण यो स्थिति उत्पन्न भएको छ ।’

    ‘यसका अलावा सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र नो म्यान्स ल्यान्डमा अतिक्रमणका मामिला पनि छन् । जसको संयुक्त रूपले सीमांकन गरिँदै छ । सीमासम्बन्धी सबै मामिला समाधान गर्न दुईपक्षीय संयन्त्र स्थापित गरेका छौँ । ‘केही भागमा केही विवाद छन्, त्यसलाई सुल्झाउन बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट