images

Sep 29 2026 | २०८३, असोज १३ गते

छोराछोरी सम्मेलनमार्फत नयाँ पुस्तालाई पार्टीमा जोड्ने एमालेको अभियान

छोराछोरी सम्मेलनमार्फत नयाँ पुस्तालाई पार्टीमा जोड्ने एमालेको अभियान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २२ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २२ २०८३
  • छोराछोरी सम्मेलनमार्फत नयाँ पुस्तालाई पार्टीमा जोड्ने एमालेको अभियान

    काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता विस्तार तथा नयाँ पुस्तालाई पार्टीसँग जोड्ने उद्देश्यसहित पार्टी सदस्यका छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने योजना अघि सारेको छ।

    जेठ २० र २१ गते संगठन विभागद्वारा आयोजित राष्ट्रिय कार्यशालाबाट एमालेले पार्टी आबद्ध परिवारका छोराछोरीलाई संगठित रूपमा पार्टी गतिविधिमा जोड्ने संकल्प गरेको हो।

    एमालेले नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै सबै तहका कमिटीमार्फत पार्टी सदस्यका छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। संकल्पपत्रमा भनिएको छ, “नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्नेछ।”

    पार्टीले छोराछोरीलाई संगठनमा आबद्ध गराउने अभियान भने पहिलो पटक अघि सारेको होइन। २०८० वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले पनि यस्तै अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

    त्यसबेला अधिकांश केन्द्रीय सदस्यहरूले युवापुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएको निष्कर्ष प्रस्तुत गरेका थिए। केही सदस्यहरूले आफ्नै परिवारका छोराछोरीलाई समेत पार्टीको विचार बुझाउन

    नसक्दा मत नयाँ राजनीतिक शक्तितर्फ गएको धारणा राखेका थिए।

    यही अवस्थालाई मध्यनजर गर्दै एमालेले पार्टीका नेता, कार्यकर्ता तथा सदस्यका छोराछोरीलाई राजनीतिक र वैचारिक प्रशिक्षणमार्फत पार्टीसँग जोड्ने योजना अघि बढाएको थियो। केही स्थानमा अभियान सञ्चालन भए पनि देशव्यापी रूपमा प्रभावकारी हुन सकेको थिएन।

    यसपटक भने युवापुस्तासँगको सम्बन्ध थप सुदृढ बनाउन तथा पार्टीको भावी नेतृत्व विकास गर्ने उद्देश्यसहित छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने नयाँ कार्ययोजना अघि सारिएको एमालेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट