images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
  • रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसक्दा प्रतिनिधि सभाको बैठकमा असर परेको छ। बैठकको मिति यसअघि नै दुई पटक स्थगित भइसकेको थियो।

    आज दिउँसो १ बजे बैठक राखिएको भए पनि रास्वपाको महाधिवेशन टुङ्गिन नसकेकै कारण पुनः सारिएको हो। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले शनिबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको जानकारी दिए।

    "मन्त्री र सांसदहरू अहिले पनि चितवनमै बस्नुभएको छ, त्यसैले बैठक भोलि बिहानसम्मका लागि सारिएको हो," गिरीले बताए।

    चितवनको भरतपुरमा असार ७ गतेदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा हालसम्म ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्, तर पदाधिकारीहरूको निर्वाचन भने अझै बाँकी नै छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट