images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रतिनिधि सभाको बैठक अब आइतबार बस्ने

प्रतिनिधि सभाको बैठक अब आइतबार बस्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
  • प्रतिनिधि सभाको बैठक  अब आइतबार बस्ने

    काठमाडौं।  प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो, तर विशेष परिस्थितिले उक्त समयमा बैठक बस्न नसकेपछि यसलाई आइतबारका लागि सारिएको हो।

    प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी नयाँ मिति तय गरेका हुन्।

    यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपाको महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए। तर शनिबार पनि विपक्षी दलहरूका विभिन्न कार्यक्रम तय भएकाले बैठक थप सारी आइतबारका लागि बोलाइएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट