Aug 14 2026 | २०८३, साउन २९ गते

"म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ": देउवा

"म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ": देउवा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २९ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २९ २०८३
  • "म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ": देउवा

    काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। साउन २८ गते बैंककबाट काठमाडौं आइपुगेका देउवाले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरेका हुन्।

    images

    "म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ," देउवाले विज्ञप्तिमा भनेका छन्, "२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो। मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।"

    देउवाले "म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर" रहेको समेत उल्लेख गरेका छन्। उनले मुलुक अहिले परिवर्तनको आकांक्षाबाट अघि बढिरहेको भन्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान समयको आवश्यकता रहेको औंल्याएका छन्।

    देउवाले जारी गरेको यस अपिलमा विगतका विभाजन र विद्वेषका सबै घाउ निको पार्न पनि आह्वान गरेका छन्। साथै, युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीडालाई कांग्रेसले नजिकबाट बुझेको उनले उल्लेख गरेका छन्। पार्टीका कार्यकर्ताहरूमा केही निराशा देखिएको स्वीकार गर्दै देउवाले उनीहरूको मनोबल बढाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन्।

    उल्लेखनीय छ, देउवाले चारबुँदे अपिल जारी गरेका छन्, जसमा राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावना सम्बोधन गर्ने प्रतिबद्धता समेटिएको छ। पाँच महिनापछिको उनको यो स्वदेश फिर्ती र वक्तव्यले कांग्रेसभित्रको आन्तरिक राजनीति तथा हालसालैको जेन-जी आन्दोलनपछिको राष्ट्रिय राजनीतिक परिदृश्यमा नयाँ चर्चा सिर्जना गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट