Aug 17 2026 | २०८३, भदौ १ गते

‘शिक्षा संवाद’ अभियान विराटनगरबाट सुरु, सातै प्रदेशमा पुग्ने तयारी

‘शिक्षा संवाद’ अभियान विराटनगरबाट सुरु, सातै प्रदेशमा पुग्ने तयारी

विराटनगरबाट सुरु, सातै प्रदेशमा पुग्ने तयारी

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
  • ‘शिक्षा संवाद’ अभियान विराटनगरबाट सुरु, सातै प्रदेशमा पुग्ने तयारी

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

    images

    आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित यस कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विभिन्न तप्काका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याई तिनका धारणा र सुझाव सङ्कलन गर्ने प्रयास गरेको देखिन्छ।

    कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगायतको सहभागिता रहेको थियो। यी सरोकारवालाहरूको उपस्थितिले कार्यक्रमलाई नीति-निर्माण तहसम्म पुग्ने संवादको रूपमा हेर्न सकिन्छ।

    WhatsApp Image 2026-08-16 at 10.59.55.jpeg

    कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीतिले दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले कम्तीमा २५–३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा ऐन निर्माणअघि नै देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर स्थानीय सरोकारवालासँग संवाद सुरु गरिएको जानकारी दिनुभयो।

    विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज जनकपुरमा कार्यक्रम हुँदैछ। अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट