यस दशैं Elica सँग भान्सामा ताजगी र खुसी
यस दशैं Elica सँग भान्सामा ताजगी र खुसी
"ताजगीको एक सास" भावनासहित नेपाली परिवारलाई दशैंको शुभकामना
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर–परिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ । दशैंमा परिवारसँगै बसेर मीठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परा छ । यही विशेष अवसरमा Elica ले नेपाली परिवारका लागि स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका स्वादिला पलहरूको सन्देशसहित दशैंको शुभकामना व्यक्त गरेको छ ।
“A Breath of Freshness” अर्थात् "ताजगीको एक सास" भन्ने भावनासहित Elica Chimney ले खाना पकाउँदा उत्पन्न हुने धुवाँ, गन्ध र भान्साको हावालाई व्यवस्थापन गर्न सहयोग गर्दै भान्सालाई अझ सहज र आरामदायी बनाउन केन्द्रित प्रविधि प्रस्तुत गरेको छ ।

कम्पनीका अनुसार Elica Chimney मा ऊर्जा बचतका लागि Power Savings प्रविधि छ, जसले दैनिक प्रयोगमा ऊर्जा बचतमा सहयोग पुर्याउँछ । खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्धलाई प्रभावकारी रूपमा तान्न Powerful Suction क्षमता रहेको छ भने भान्साको वातावरणलाई शान्त र आरामदायी राख्न Super Quiet Technology सहितको सञ्चालन गरिएको छ ।
यसैगरी, Flexi Voltage Technology ले १४०–२७०V सम्मको भोल्टेज दायरामा सञ्चालन गर्न सहयोग गर्छ, जसले विद्युत् भोल्टेजमा हुने उतारचढावका बीच पनि प्रयोगलाई सहज बनाउँछ । Intelli Speed Technology ले आवश्यकताअनुसार सक्सन स्वतः व्यवस्थापन गर्न मद्दत गर्छ । कम्पनीले उत्पादनको मोटरमा १५ वर्षको वारेन्टी प्रदान गरेको छ, जसले दीर्घकालीन विश्वास र भरोसालाई जोड दिएको छ ।
दशैंमा घरको भान्सा अझ बढी व्यस्त हुन्छ । परिवारका लागि विभिन्न परिकार तयार पार्दा धुवाँ र गन्ध पनि बढ्न सक्छ । यस्तो अवस्थामा Elica Chimney ले “Cleaner Air, Happier Meals, A More Beautiful Home” को अवधारणालाई आत्मसात् गर्दै भान्साको अनुभवलाई अझ सुखद बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ । "यस दशैं, खाना मात्र होइन—ताजगी पनि पकाऔँ" भन्ने सन्देश कम्पनीले दिएको छ ।
Elica ले सम्पूर्ण नेपाली परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीले भरिएको बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
