Aug 17 2026 | २०८३, भदौ १ गते

३५० रुपैयाँको सामान किन्दा लखपति: साउनको दोस्रो पाक्षिक बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरका ग्राहकलाई

३५० रुपैयाँको सामान किन्दा लखपति: साउनको दोस्रो पाक्षिक बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरका ग्राहकलाई

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
  • ३५० रुपैयाँको सामान किन्दा लखपति: साउनको दोस्रो पाक्षिक बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरका ग्राहकलाई

    काठमाडौं। करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक (साउन १६–३१) को नतिजा घोषणा भएसँगै एक जना सामान्य ग्राहकको भाग्य रातारात फेरिएको छ। जम्मा ३५० रुपैयाँ बराबरको सामान खरिद गरेका ती उपभोक्ताले सरकारको १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्।

    images

    अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायको उपस्थितिमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले यो नतिजा सार्वजनिक गरेको हो। भाग्यशाली उपभोक्ताले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट सामान्य किनमेल गर्दा लिएको बिलले नै उनलाई १० लाखको धनी बनाइदिएको छ।

    यस पटकको बम्पर विजेताको कथाले फेरि एकपटक प्रमाणित गरेको छ, करदाता प्रोत्साहन कार्यक्रममा उपहार जित्नका लागि ठूलो रकमको खरिद गर्नुपर्छ भन्ने छैन। जति सानो रकमको बिल भए पनि, त्यो बिल प्रणालीमा दर्ता भएपछि उत्तिकै हैसियतका साथ लक्की ड्रमा समावेश हुन्छ। यसअघि साउनको पहिलो पाक्षिकमा पनि जम्मा २५० रुपैयाँको सामान किन्ने एक उपभोक्ताले उस्तै १० लाखको बम्पर उपहार जितेका थिए, जसले सानो खर्चले पनि ठूलो पुरस्कार दिलाउन सक्ने कुरालाई पुष्टि गरिसकेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट