images

Oct 23 2026 | २०८३, कात्तिक ७ गते

विदेशमा रहेका नेपालीहरूबाट फुटबलर आशीष राईलाई ठूलो सहयोग, एनएफएको उदासीनता उदांगो

विदेशमा रहेका नेपालीहरूबाट फुटबलर आशीष राईलाई ठूलो सहयोग, एनएफएको उदासीनता उदांगो

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २ २०८३
  • विदेशमा रहेका नेपालीहरूबाट फुटबलर आशीष राईलाई ठूलो सहयोग, एनएफएको उदासीनता उदांगो

    काठमाडौं, २ भदौ । घाइते राष्ट्रिय फुटबलर आशीष राईको उपचार खर्चका लागि विश्वभर छरिएर रहेका नेपालीहरूले हातेमालो गर्दै हालसम्म करिब २० लाख रुपैयाँ जुटाइसकेका छन्। यसले एकातिर विदेशमा रहेका नेपालीहरूको खेलाडीप्रतिको हार्दिकता देखाएको छ भने अर्कोतिर राष्ट्रिय खेलाडीप्रति निकायहरूको बेवास्ता र उदासीनतालाई पनि छताछुल्ल पारेको छ।

    २०२५ फेब्रुअरी १५ मा (२०८१ फागुन) नेपाल अन्डर-२३ राष्ट्रिय टोलीले चीन (युनान प्रतिनिधि टोली) विरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा आशीष राईले आफ्नो देब्रे खुट्टामा गम्भीर चोट (धेरै ठाउँमा हड्डी भाँचिने) व्यहोर्नुभएको थियो। घटनास्थलबाटै उनलाई स्टार अस्पताल लगिएको थियो, पछि एक्स-रेमा जटिलता देखिएपछि बी एन्ड बी अस्पताल रिफर गरिएको थियो। हालसम्म उनको दुईवटा शल्यक्रिया भइसकेको छ र खुट्टामा राखिएको मेटल प्लेट झिक्न थप शल्यक्रिया गर्नुपर्ने अवस्था छ। डाक्टरका अनुसार पूर्ण रूपमा निको हुन कम्तीमा थप एक वर्ष लाग्ने र उनी फेरि फुटबल खेल्न सक्लान् कि नसक्लान् भन्ने अझै अनिश्चित छ।

    राईले सुरुदेखि नै आफ्नो उपचार खर्चको ठूलो हिस्सा आफैं र साथीभाइको सहयोगमा धान्दै आउनुभएको थियो। थाइल्यान्डको बैंककमा एक महिना बस्दा मात्रै झन्डै २ लाख रुपैयाँ खर्च भएको उनले बताएका थिए। "पुरानो मेडिकल बिल एनएफएमा बुझाउँदा या त आधा मात्र भुक्तानी हुन्थ्यो या केही पनि पाइँदैनथ्यो। बिल लिएर ८-९ पटक धाउँदा पनि कसैले सुनेन," राईले भनेका थिए।

    एनएफएले भने फिफाले संघमाथि लगाएको निलम्बन र राष्ट्रिय खेलकुद परिषद्ले खाता रोक्का गरेकै कारण भुक्तानीमा ढिलाइ भएको सफाइ दिएको छ। संघले चोटपटक लागेदेखिका १७ महिनासम्म उपचार खर्च बेहोर्दै आएको र निको नभएसम्म जिम्मेवारी लिइरहने प्रतिबद्धता जनाएको छ। तर नेपाल फुटबल खेलाडी संघ (एनएफपिए) का अध्यक्ष विक्रम लामाले भने "एनएफएले झुट बोलिरहेको" आरोप लगाएका छन्।

    आधिकारिक निकायबाट भरपर्दो सहयोग नपाएपछि राईले सामाजिक सञ्जालमार्फत फुटबलप्रेमीहरूसँग सोझै सहयोग माग्न थाल्नुभयो। यसैको जवाफमा अमेरिका, युरोप, खाडी मुलुकलगायत विश्वभर छरिएका नेपालीहरूले गोफन्डमी लगायतका प्लेटफर्महरूमार्फत आ-आफ्नो हैसियतले चन्दा जम्मा गर्न थालेका हुन्, जसले हालसम्म करिब २० लाख रुपैयाँ जम्मा भइसकेको छ।

    यो घटनाले "देशका लागि खेल्ने खेलाडी नै संकटमा पर्दा राज्य र सम्बद्ध निकाय कहाँ पुग्छन्?" भन्ने प्रश्न उब्जाएको छ। सर्वसाधारण नेपालीले आफ्नै साधनस्रोतले खेलाडीको ज्यानको सहारा बन्नुले सार्वजनिक एकजुटता र संस्थागत जवाफदेहिताबीचको ठूलो खाडललाई देखाएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार