Aug 23 2026 | २०८३, भदौ ७ गते

बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनपछि मुस्ताङतर्फ प्रधानमन्त्रीको यात्रामा ढिलाइ

बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनपछि मुस्ताङतर्फ प्रधानमन्त्रीको यात्रामा ढिलाइ

मुक्तिनाथ दर्शनपछि मुस्ताङतर्फ प्रधानमन्त्रीको यात्रामा ढिलाइ

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ७ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ७ २०८३
  • बेनी–जोमसोम सडक अवरुद्ध, मुक्तिनाथ दर्शनपछि मुस्ताङतर्फ प्रधानमन्त्रीको यात्रामा ढिलाइ

    काठमाडौं/मुस्ताङ, भदौ ७ — निजी भ्रमणका क्रममा मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि मुस्ताङतर्फ अघि बढेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को यात्रा पहिरोका कारण अवरुद्ध भएको छ।

    images

    नेपाल प्रहरीका अनुसार आज बिहान करिब ५ः२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा लेदो माटोसहितको ठूलो पहिरो खसेपछि मुस्ताङ जाने एकमात्र सडक बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रधानमन्त्री शाहको मुस्ताङ जाने कार्यसूची रहेकै दिन सडक बन्द हुनु संयोग बनेको छ।

    यसअघि प्रधानमन्त्री र उनको टोली म्याग्दीको तातोपानीस्थित एउटा होटलमा बास बसेपछि आज बिहान यात्रा अघि बढाएका थिए। सवारी अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा नरोकिई सिधै जोमसोमतर्फ लागेको बताइएको छ। मुस्ताङ आउजाउ गर्ने पर्यटकहरूले सामान्यतया यही झरनामा रोकिने गरे पनि प्रधानमन्त्रीको टोली भने नरोकिई अघि बढेको छ।

    सडक अवरुद्ध भएपछि प्रशासन र सुरक्षा निकायले पहिरो हटाउने काम गरिरहेका छन्, तर पूर्ण रूपमा खोल्न कति समय लाग्ने भन्ने अझै स्पष्ट भएको छैन।

    यसबीच, प्रधानमन्त्रीको यो भ्रमण विवादरहित भने बनेको छैन। नेकपा (एमाले)का सचिव महेश बस्नेतले औपचारिक जानकारीबिना नै प्रधानमन्त्री लोमान्थाङसम्म पुगेको दाबी गर्दै भ्रमणको वास्तविक उद्देश्यबारे प्रश्न उठाएका छन्। साथै मुस्ताङका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत भ्रमणबारे आधिकारिक जानकारी नआएको गुनासो सार्वजनिक भएको छ।

    देशभर बर्खायाममा निरन्तर वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेको छ, जसले पहाडी जिल्लाहरूमा सडक सञ्चालनलाई प्रभावित पारिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट