Sep 18 2026 | २०८३, असोज २ गते

ह्याप्पी इनर्जी लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

ह्याप्पी इनर्जी लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

शुक्रबार, भदौ १९ २०८३
शुक्रबार, भदौ १९ २०८३
  • ह्याप्पी इनर्जी लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

    काठमाडौं — ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो।

    शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

    सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताउनुभयो।

    मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत उत्तिकै आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले विपद्को यस कठिन घडीमा 'जसले जे सक्छ, त्यही सहयोग गर्नु' नै अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो।

    हालसालै आएको बाढी तथा पहिरोबाट देशभर ठूलो धनजनको क्षति भएपछि सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा तीव्रता ल्याएको छ। यसै क्रममा विभिन्न सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था र सर्वसाधारणले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग जुटाउँदै आएका छन्। ह्याप्पी इनर्जी लिमिटेड जस्ता निजी कम्पनीहरूको यस्तो योगदानले विपद्बाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    WhatsApp Image 2026-09-04 at 16.32.24 (1).jpeg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट