Sep 18 2026 | २०८३, असोज २ गते

बगेको सीमाचिह्न, गाडियो झन्डा : रसुवागढीमा नेपाली उपस्थिति पुनःस्थापित

बगेको सीमाचिह्न, गाडियो झन्डा : रसुवागढीमा नेपाली उपस्थिति पुनःस्थापित

आइतबार, भदौ २१ २०८३
आइतबार, भदौ २१ २०८३
  • बगेको सीमाचिह्न, गाडियो झन्डा : रसुवागढीमा नेपाली उपस्थिति पुनःस्थापित

    काठमाडौं — नेपाल-चीन सीमामा रहेको रसुवागढीको बजार क्षेत्र गत साता आएको विनाशकारी बाढीले पूर्णतः बगाएसँगै त्यहाँ नेपाली भूभागलाई चिनियाँ भूभागबाट छुट्याउने कुनै संरचना नै बाँकी रहेको थिएन। यही अवस्थाबीच शनिबार नेपाली सुरक्षा फौजको एउटा टोली सीमा क्षेत्रमा पुगेर नेपाली झन्डा गाड्ने काम सम्पन्न गरेको छ।

    रसुवाको बोर्डर बजार हुँदै बगेको ल्हेन्दे खोलाबाट सुरु भई भोटेकोशी र त्रिशूली नदीहुँदै मध्य नेपालका जिल्लाहरूमा पुगेको हिमताल फुटेर आएको बाढीको विनाशकारी घटनापछि दस दिनसम्म कुनै पनि नेपाली टोली उक्त क्षेत्रसम्म पुग्न सकेको थिएन। शनिबार सशस्त्र प्रहरी बलका डिएसपी प्रदीप राईको नेतृत्वमा र नेपाली सेनाका मेजर दीपक राईको सहभागितामा रहेको संयुक्त टोली नै बाढीपछि पहिलोपटक उक्त सीमा क्षेत्रमा पुगेको हो।

    नेपाली सेनाका जवान हेलिकोप्टरबाट र सशस्त्र प्रहरीका जवान टिमुरेबाट पैदल यात्रा गरी घटनास्थलसम्म पुगेका थिए। बाढीअघि नेपाल र चीनबीचको सीमा विभिन्न भौतिक संरचनाहरूले छुट्याइएको भए पनि ती सबै संरचना बाढीले पूर्णतः बगाएपछि दुई देशको भूभाग छुट्याउने कुनै चिन्ह नै बाँकी रहेको थिएन।

    रसुवाको ल्हेन्दे खोलाबाट सुरु भएको यो हिमपहिरो तथा बाढीले हालसम्म १,३४४ जनाको ज्यान लिइसकेको छ भने झन्डै ५ हजार जना बेपत्ता रहेका छन्। यस विपद्ले बस्ती, जलविद्युत आयोजना, पुल लगायतका भौतिक पूर्वाधार समेत पूर्णतः बगाएको थियो। चिनियाँ पक्षले भने सीमापारि आफ्नो क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाइसकेको छ, जबकि नेपाली भूभागमा भने हाल पनि सुनसान र निर्जन अवस्था कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट