गोदरेज एप्लायन्सेसले ल्यायो दसैँ, तिहार तथा छठ उत्सव योजना, 'मनैदेखि WOW!'
गोदरेज एप्लायन्सेसले ल्यायो दसैँ, तिहार तथा छठ उत्सव योजना, 'मनैदेखि WOW!'
दसैँ, तिहार र छठमा घरायसी उपकरण खरिदमा उपहार, क्यासब्याक र सहज किस्ता सुविधा
काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित गर्दै गोदरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन उत्सव योजना 'मनैदेखि WOW!' सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा एयर कूलरलगायतका उत्पादन खरिदमा उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा प्राप्त गर्न सक्नेछन्। यो विशेष योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ।
यस अफरअन्तर्गत फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी, टप लोड वासिङ मेसिन खरिदमा ४ केजी र ट्विन टब वासिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क पाइनेछ, भने एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ। यसका अतिरिक्त उपभोक्ताले रु. २८,५०० सम्मको क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा किस्ता (EMI) तथा सहज एक्सचेन्ज सुविधा पनि प्राप्त गर्न सक्नेछन्। साथै, गोदरेजका फ्रन्ट लोड वासिङ मेसिनमा ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टी उपलब्ध छ।
गोदरेज एप्लायन्सेसले सधैँझैँ उपभोक्ताको आवश्यकता र चाडपर्वको महत्त्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्दै आएको छ। यसपटकको 'मनैदेखि WOW!' योजनाले उपभोक्तालाई चाडपर्वमा परिवारसँग खुसी बाँड्दै घरलाई आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय सन् १९५८ देखि घरायसी उपकरण उत्पादनमा सक्रिय रहेको छ। 'Things Made Thoughtfully' भन्ने दर्शनअनुसार यस ब्रान्डले नवीनतम प्रविधि र उपयोगी डिजाइनका उत्पादनहरू बजारमा ल्याउँदै आएको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा गोदरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ, जुन नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत पाइन्छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडल छनोट गर्न सक्नेछन्। गोदरेजका भिसी कुलर, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ।
