कार्कीको नागरिक लगानी कोष कार्यकारी निर्देशकमा पदबहाली
कार्कीको नागरिक लगानी कोष कार्यकारी निर्देशकमा पदबहाली
काठमाडौं — नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गर्नुभएको छ।
पदबहालीको अवसरमा उहाँले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताउनुभयो। साथै कोषमा रहेको ठूलो फन्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्याउन विशेष जिम्मेवारीका साथ कार्य गर्नुपर्ने उहाँले बताउनुभयो। कोषमा जम्मा भएको लगानीयोग्य रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रतिफल बढाउँदै लगानीकर्ताको हित संरक्षण गर्ने दिशामा पनि आफू क्रियाशील रहने उहाँले प्रस्ट पारे।
कार्यकारी निर्देशक कार्कीले आफू यसअघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहिसकेकोले कोषको संरचना, कार्यप्रणाली तथा चुनौतीबारे जानकार रहेको बताउँदै आगामी दिनमा कोषलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही संस्थाका रूपमा अघि बढाउन आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँलाई नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३।०५।०३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
