Aug 23 2026 | २०८३, भदौ ७ गते

नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण, बिहीबार शपथसँगै पदबहाली

नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण, बिहीबार शपथसँगै पदबहाली

आजैबाट पदबहाली

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ५ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ५ २०८३
  • नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण, बिहीबार शपथसँगै पदबहाली

    काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उहाँले शपथ लिनुभएको हो । शपथ ग्रहणसँगै उहाँले आजैबाट पदबहाली समेत गर्नुभयो ।

    images

    नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले सङ्क्षिप्त मन्तव्यसहित डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।

    DG Dirga Rawal_Padbahali.jpeg
    undefined

    डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँ २०६९ सालमा उप-निर्देशक र २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो । पदोन्नतिपश्चात् उहाँले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको थियो, जुन जिम्मेवारीबाट उहाँ अब डेपुटी गभर्नरको नयाँ भूमिकामा प्रवेश गर्नुभएको छ ।

    पदोन्नतिपश्चात् उहाँले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको थियो, जुन जिम्मेवारीबाट उहाँ अब डेपुटी गभर्नरको नयाँ भूमिकामा प्रवेश गर्नुभएको छ ।

    DG Dirga Rawal_Sapath (1).jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट