images

May 17 2024 | २०८१, जेठ ४ गते

सिटिजन लाइफ इन्स्योरेन्सको  साधारण शेयरको बाँडफाँड

सिटिजन लाइफ इन्स्योरेन्सको  साधारण शेयरको बाँडफाँड

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सको  साधारण शेयरको बाँडफाँड

    काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी तीन अर्ब पचहत्तर करोड रुपैयाँमध्ये ३०% अर्थात एक अर्ब बाह्र करोड पचास लाख रुपैयाँको १० प्रतिशत शेयर बाँडफाड गरिएको छ ।

    images
    images

    १ करोड १२ लाख ५० हजार कित्ता मध्ये १०% अर्थात ११ लाख २५ हजार कित्ता शेयर प्रति शेयर रु.१००/अङ्कित दरमा प्रिमियम वापत रु.१४४/थप गरी जम्मा प्रति शेयर मूल्य रु.२४४/- को दरमा शेयर निष्काशन गरिएको हो ।

    विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि गत असार ३१ देखि गत आइतवारसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित शेयरहरुको सोमबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिएको हो ।

    १९ लाख ३० हजार ९ सय कित्ता खरिदका लागि २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकहरुबाट ३३० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठहर्‍याई रद्द गरी कूल २७ हजार ६ सय २८ जना आवेदकहरुबाट १९ लाख ३० हजार ५ सय ७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो ।

    धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोेजिमका १ लाख ५४ हजार ९ सय ९० कित्ता तथा ५० देखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७ सय ४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७ सय २० कित्ता गरी कुल ९ लाख ४४ हजार ७ सय १० कित्ता बाँडफाँड गरिएको थियो ।

    सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १ लाख ८० हजार २ सय ९० कित्ताको हकमा ५० देखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७ सय ४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि २ हजार कित्तासम्म माग गर्ने आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधिद्वारा थप १० कित्ताका दरले १८ हजार ०२९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २ सय ९० कित्ता बाँडफाँड गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार