श्रीराम पौडेल र पुर्णकला बि.सी. को ‘आँख सन्काइ सन्का’ सार्वजनिक
श्रीराम पौडेल र पुर्णकला बि.सी. को ‘आँख सन्काइ सन्का’ सार्वजनिक
काठमाडौँ । लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका पुर्णकला बि.सीको स्वरमा ‘आँख सन्काइ सन्का’ बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार बिहान युट्युबमा रिलिज गीतको भिडिओमा गायक पौडेल स्वयंका साथमा मोडल सारीका केसीले अभिनय तथा नृत्य गरेका छन्
दीपक वीनोद बाजुरेलेको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द दिपेन्द्र खड्का र संगीत नेत्र भण्डारीको हो।श्रीराम पौडेलको यो गायनका हिसाबले चौथो गीत हो। उनले यसअघि केही म्युजिक भिडिओमा अभिनय गरेका थिए ।
गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, ‘आजको गतिशिलताले भोलिको भविष्य निर्माण गर्छ। त्यसैले गतिशिल जीवन जिउनुपर्छ भन्ने लाग्छ। अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले गीत संगीतको क्षेत्रमा काम रेको हुँ।’
’आँख सन्काइ सन्का’ को भिडिओ निर्देशन स्मृती तिमल्सीना (गुरुआमा) ले गरेकी हुन्। राजेश घिमिरेको छायांकन रहेको भिडिओलाई नवीन घर्ती मगरले सम्पादन गरेका थिए।
गीतका गायक तथा मोडल श्रीराम पौडेलले अन्य केही गीत समेत ल्याउने तयारी गरेका छन्। पञ्चेबाजा, सुदुर पश्चिमको भाका र कौरा गीत रेकर्ड भइसकेको र छिट्टै सार्वजनिक हुने उनले बताए।
