एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात: नेपाली संगीतमा नयाँ बीट, नयाँ भाइब!
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात: नेपाली संगीतमा नयाँ बीट, नयाँ भाइब!
नयाँ पुस्ताको सिर्जनशीलता र मौलिक संगीतलाई प्रवर्द्धन गर्न एक्स्ट्रिम इनर्जी ड्रिंकको नयाँ पहल
काठमाडौं। नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले "एक्स्ट्रिम म्युजिक सिरिज" सुरु गरेको छ। अक्टोबर १० (असोज २४) देखि औपचारिक रूपमा सुरु भएको यो सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोताबीच फरक अनुभव दिने लक्ष्य राखेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्री रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्। सिरिजअन्तर्गत प्रत्येक दुई हप्तामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। गीत तथा संगीत भिडियोहरू एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।
पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई अझ रोमाञ्चक बनाउनेछन्।
परम्परागत शैलीभन्दा फरक रहेर नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो। एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली संगीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
