images

Oct 13 2026 | २०८३, असोज २७ गते

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ मा दोहोरो सम्मान

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ मा दोहोरो सम्मान

डाइरेक्ट र क्यूआर कारोबारमा सबैभन्दा अगाडि, डिजिटल भुक्तानीमा योगदानको कदर

सोमबार, असोज २६ २०८३
सोमबार, असोज २६ २०८३
  • ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ मा दोहोरो सम्मान

    काठमाडौं। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको विकासमा पुर्‍याएको योगदानका लागि ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा पुरस्कार प्राप्त गरेको हो।

    बैंकका अनुसार उसको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकलाई सहज भुक्तानी सेवा दिँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले यी दुवै सम्मान प्राप्त भएका हुन्। ग्राहकले यही एपबाट सहजै खाताबाट रकम पठाउन तथा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्छन्।

    बैंकले सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान दिइएको जनाएको छ। डिजिटल बैंकिङप्रति ग्राहकको बढ्दो आकर्षण र बैंकको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाले यो उपलब्धि सम्भव भएको बैंकको भनाइ छ।

    आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नगदरहित कारोबारलाई थप सशक्त बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार