images

Sep 29 2026 | २०८३, असोज १३ गते

चाडपर्वमा यात्रु सहजीकरणका लागि सरकारको ६ बुँदे निर्णय

चाडपर्वमा यात्रु सहजीकरणका लागि सरकारको ६ बुँदे निर्णय

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३० २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३० २०८२
  • चाडपर्वमा यात्रु सहजीकरणका लागि सरकारको ६ बुँदे निर्णय

    काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारले विभिन्न निर्णय गरेको छ ।

    आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित बैठकमा यी निर्णय गरेको हो । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत सरोकारवालाहरूको सहभागितामा बैठक सम्पन्न भएको हो। बैठकले यात्रुहरूका गुनासो तुरुन्त सम्बोधन गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने, उपत्यका बाहिरिने सवारीसाधनहरूको प्राविधिक जाँच गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ।

    यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधनको क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने र हतियार तथा संवेदनशील सामग्रीको सवारीसाधनमार्फत ढुवानी रोक्न तत्काल सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ। 
    तर, दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन।

    fdgdfg_20250915104750.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट