Aug 11 2026 | २०८३, साउन २६ गते

ग्लोबल आइएमई बैंकको अटो कर्जामा ठूलो छुट, ब्याजदर ५.२५ प्रतिशतदेखि सुरु

ग्लोबल आइएमई बैंकको अटो कर्जामा ठूलो छुट, ब्याजदर ५.२५ प्रतिशतदेखि सुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २६ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २६ २०८३
  • ग्लोबल आइएमई बैंकको अटो कर्जामा ठूलो छुट, ब्याजदर ५.२५ प्रतिशतदेखि सुरु

    काठमाडौं। निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले 'नाइमा अटो एक्सपो' लाई लक्षित गर्दै गाडी कर्जामा आकर्षक छुट योजना ल्याएको छ।

    images

    बैंकका अनुसार, प्रदर्शनीका क्रममा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूले आफ्नो हालको आधारदरमा जम्मा शून्य दशमलव पाँच प्रतिशत मात्र थप गरेर कर्जा सुविधा पाउने छन्। यसरी हेर्दा हाल लागू हुने न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुन्छ। बैंकको आधारदरमा हुने कुनै पनि उतारचढावसँगै यो दर पनि स्वतः परिवर्तन हुने बैंकले जनाएको छ।

    विद्युतीय गाडी (इभी) खरिद गर्ने ग्राहकका लागि भने बैंकले फरक व्यवस्था मिलाएको छ। यस्ता ग्राहकले पहिलो तीन वर्षसम्म ५.९९ प्रतिशतको स्थिर दरमा कर्जा पाउने छन्। तीन वर्षपछि भने यो दर आधारदरमा बढीमा दुई प्रतिशतसम्म बढ्न सक्ने बैंकले स्पष्ट पारेको छ।

    WhatsApp Image 2026-08-11 at 15.19.27.jpeg
    undefined

    ग्राहकहरूलाई सहज बनाउने उद्देश्यले बैंकले नाइमा अटो एक्सपोमै आफ्नो स्टल स्थापना गरेको छ, जहाँबाट गाडी किन्न चाहने जो कोहीले पनि सीधै कर्जाको लागि आवेदन दिन सक्नेछन्। आवश्यक कागजात पूरा भएको अवस्थामा बैंकले बढीमा तीन दिनभित्रै कर्जा स्वीकृतिपत्र दिने प्रतिबद्धता जनाएको छ।

    ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री सेवा र ग्राहकमुखी नीतिका कारण विगत केही वर्षमा धेरै राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्मान आर्जन गरिसकेको छ। यसअघि बैंकले 'बैंक अफ द इयर २०१४' र 'बेस्ट इन्टरनेट बैंक २०१६' जस्ता उपाधि पाइसकेको छ भने सन् २०२४, २०२५ र २०२६ मा लगातार तीन वर्ष 'बेस्ट बैंक नेपाल' को सम्मान पनि प्राप्त गरेको छ। यसका अतिरिक्त युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४, २०२५), बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित पुरस्कारहरू पनि बैंकको नाममा जोडिएका छन्।

    देशभरका सबै ७७ जिल्लामा शाखा पुर्‍याउने पहिलो निजी वाणिज्य बैंकको रूपमा परिचित ग्लोबल आइएमई बैंकको हाल ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित सेवा केन्द्र र ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरसहित मुलुकभर एक हजारभन्दा बढी सेवा बिन्दु सञ्चालनमा रहेका छन्। यसबाहेक बैंकको तीन विदेशी मुलुकमा प्रतिनिधि कार्यालय समेत रहेको छ।

    बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट