images

Oct 10 2026 | २०८३, असोज २४ गते

एलजीको स्टेनलेस स्टिल ट्यांकी भएको वाटर प्युरिफायर नेपालमा

एलजीको स्टेनलेस स्टिल ट्यांकी भएको वाटर प्युरिफायर नेपालमा

८ लिटरको ३०४ ग्रेड ट्यांकी, इन-ट्यांक युभी एलईडी र पहिलो वर्ष "२ निःशुल्क मर्मतसम्भार" सुविधासहित बजारमा

शुक्रबार, असोज २३ २०८३
शुक्रबार, असोज २३ २०८३
  • एलजीको स्टेनलेस स्टिल ट्यांकी भएको वाटर प्युरिफायर नेपालमा

    काठमाडौं, असोज २३ । एलजीले स्टेनलेस स्टिल ट्यांकीसहितको बहुचरणीय पानी शुद्धीकरण प्रविधि भएका नयाँ वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । घरमा प्रयोग हुने खानेपानीको गुणस्तर र सरसफाइप्रति उपभोक्ताको सचेतना बढ्दै गएको सन्दर्भमा पानी शुद्ध गरेपछि त्यसलाई कसरी भण्डारण गरिन्छ भन्ने विषयमा पनि ध्यान दिइएको कम्पनीले जनाएको छ ।

    नयाँ शृङ्खलामा ८ लिटर क्षमताको ३०४ ग्रेड स्टेनलेस स्टिल ट्यांकी र इन-ट्यांक युभी एलईडी रहेको छ । कम्पनीका अनुसार यो परम्परागत प्लास्टिक ट्यांकीभन्दा बढी स्वच्छ र टिकाउ विकल्प हो । एलजीको 'डुअल प्रोटेक्सन' प्रणालीमा स्टेनलेस स्टिल ट्यांकीसँगै एयरटाइट कभर र लक प्रणाली जोडिएको छ । यसले धुलो, ब्याक्टेरिया र अन्य अशुद्धि ट्यांकीभित्र पस्न नदिन तथा ब्याक्टेरियाको वृद्धि रोक्न मद्दत गर्ने र दिनभर पानी सफा, ताजा र स्वच्छ राख्ने कम्पनीको भनाइ छ ।

    मोडेल अनुसार यी प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स ओस्मोसिस (आरओ) तथा मिनरल बूस्टर वा पोस्ट-कार्बन फिल्ट्रेसनजस्ता प्रक्रिया समावेश छन् । बजारमा ल्याइएका दुवै मोडेल WW151NT र WW131NF ले ६ हजार लिटरसम्म फिल्टर लाइफ दिने भएकाले फिल्टर बदल्नुपर्ने पटक घट्ने कम्पनीले जनाएको छ । ट्यांकीमा शुद्ध पानी भण्डारण हुने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि प्रयोग गर्न सकिन्छ ।

    WW151NT मोडेलमा पावर, ट्यांक फुल, सर्भिस रिमाइन्डर र युभी सूचक रहेका छन् भने यसको इन-ट्यांक युभी एलईडी प्रणाली प्रत्येक छ घण्टामा ७५ मिनेट सञ्चालन हुन्छ । WW131NF मोडेलमा पावर र ट्यांक फुल सूचक छन्, जसले प्रयोगकर्तालाई प्युरिफायरको अवस्था सजिलै थाहा पाउन मद्दत गर्छ ।

    एलजीले पहिलो वर्षको मर्मतसम्भार सहयोगअन्तर्गत "२ निःशुल्क मर्मतसम्भार" सुविधा पनि ल्याएको छ । यसमा ग्राहकले दुईपटक निःशुल्क निर्धारित तथा स्वचालित सर्भिस भ्रमण, डिजिटल स्टेरिलाइजेसन केयरसहित दुईपटक सम्पर्करहित मर्मतसेवा र दुईवटा बाह्य सेडिमेन्ट फिल्टर पाउनेछन् । पानी शुद्धीकरणभन्दा अगाडि बढेर ग्राहकको दीर्घकालीन सन्तुष्टिलाई प्राथमिकता दिँदै ग्राहक सेवामा नयाँ मानक स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

    यी वाटर प्युरिफायर एलजी ब्रान्ड सप, सीजी डिजिटल र अधिकृत एलजी डिलरहरूमा उपलब्ध छन् । ग्राहकले ०% ईएमआई किस्ता सुविधामार्फत खरिद गर्न सक्नेछन् । साथै, चाडपर्वको अवसरमा आकर्षक छुट तथा विशेष अफरहरू पनि उपलब्ध छन् ।

    सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलको एक डिभिजन, नेपालमा एलजी उत्पादनको अधिकृत वितरक हो । एलजी इलेक्ट्रोनिक्स इंक. उपभोक्ता इलेक्ट्रोनिक्स, घरायसी उपकरण र एयर सोलुसन्समा विशेषज्ञता हासिल गरेको विश्वव्यापी प्रविधि कम्पनी हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार