Aug 17 2026 | २०८३, भदौ १ गते

सुवासना खड्का बनिन् ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ की विजेता

सुवासना खड्का बनिन् ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ की विजेता

‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ की विजेता

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ३१ २०८३
  • सुवासना खड्का बनिन् ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ की विजेता

    काठमाडौं। बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५को उपाधि भक्तपुरकी ११ वर्षीया सुवासना खड्का केसीले जितेकी छिन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा गायक वाङ्देन शेर्पाको टिमबाट प्रतिस्पर्धा गरेकी खड्काले उपाधि हासिल गरेकी हुन्।

    images

    उपाधिसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।

    ग्रान्ड फिनालेमा विभिन्न कोचका टिमबाट निम्न प्रतियोगीहरूले प्रतिस्पर्धा गरेका थिए:

    • टिम अर्जुन सापकोटा — आन्भी विष्ट र आर्मन कार्की
    • टिम मिलन नेवार — प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन
    • टिम सत्यराज आचार्य — कविना राई र सम्राट खनाल
    • टिम वाङ्देन शेर्पा — सुवासना खड्का र क्रिएसन रोका

    यी आठैजना प्रतियोगी सेमिफाइनल पार गरेर फाइनलमा पुगेका थिए, जसमध्ये सुवासनाले अन्ततः उपाधि जितिन्।

    बिजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालयकी विद्यार्थी सुवासना खड्का केसीले सानै उमेरदेखि गायनमा आफ्नो प्रतिभा देखाउँदै आएकी थिइन्। उत्कृष्ट प्रस्तुति, निरन्तर मेहनत र दर्शकको भरपूर मायाका कारण उनी फाइनलसम्म पुगेकी थिइन्।

    ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रम होस्ट सुशील नेपालले सञ्चालन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट