Aug 23 2026 | २०८३, भदौ ७ गते

चर्चित बलिउड गायिका शेफाली अल्भारेस नोभा क्लबमा प्रस्तुत हुँदै

चर्चित बलिउड गायिका शेफाली अल्भारेस नोभा क्लबमा प्रस्तुत हुँदै

शेफाली अल्भारेस नोभा क्लबमा प्रस्तुत हुँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ७ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ७ २०८३
  • चर्चित बलिउड गायिका शेफाली अल्भारेस नोभा क्लबमा प्रस्तुत हुँदै

    काठमाडौं, भदौ ६ । भारतीय चलचित्र क्षेत्रकी चर्चित गायिका तथा मञ्च प्रस्तोता शेफाली अल्भारेसले आगामी असोज १७ गते शनिबार काठमाडौंमा लाइभ सांगीतिक प्रस्तुति दिने भएकी छन्। उनको यो कार्यक्रम काठमाडौंस्थित नोभा क्लबमा आयोजना हुनेछ।

    images

    सुमधुर स्वर, ऊर्जावान मञ्च प्रस्तुति र लोकप्रिय नृत्यप्रधान गीतका लागि परिचित अल्भारेसले उक्त साँझ आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्। भारतका विभिन्न मनोरञ्जनस्थल तथा सांगीतिक समारोहमा उनका गीतले उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ।

    कार्यक्रममा 'सुभा होने ना दे', 'तू मेरा हिरो', 'तेरा नाम जपदी फिरा', 'रट्टा मार', 'पार्टी अन माइ माइन्ड', 'लट लग गई', 'बदतमीज दिल', 'ओ गुजरिया', 'एनीबडी क्यान डान्स', 'जी फाड के' र 'ट्याटु' लगायतका चर्चित गीतहरू प्रस्तुत हुने आयोजकले जनाएका छन्।

    आयोजकका अनुसार यो कार्यक्रम बलिउड संगीत तथा मनोरञ्जनप्रेमी दर्शकका लागि विशेष सांगीतिक उत्सवका रूपमा आयोजना गर्न लागिएको हो। प्रत्यक्ष गायन, आकर्षक मञ्च प्रस्तुति र रमाइलो वातावरण यस कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।

    काठमाडौंका संगीत तथा रात्रिकालीन मनोरञ्जनप्रेमी दर्शकलाई विशेष अनुभव दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्। कार्यक्रमको व्यवस्थापनमा विभिन्न मनोरञ्जनसम्बन्धी संस्था र साझेदारहरूको सहकार्य रहेको छ।

    टिकट बिक्री, सिट आरक्षण र अग्रिम टिकटमा उपलब्ध हुने विशेष सुविधासहितको थप जानकारी छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट