Sep 18 2026 | २०८३, असोज २ गते

रुकुम पश्चिमबाट जेन–जी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

रुकुम पश्चिमबाट जेन–जी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

जेन–जी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

शुक्रबार, भदौ २६ २०८३
शुक्रबार, भदौ २६ २०८३
  • रुकुम पश्चिमबाट जेन–जी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

    २६ भाद्र २०८३, शुक्रबार (सेप्टेम्बर ११, २०२६)

    जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम भाग) ले जेन–जी आन्दोलनका क्रममा कारागारको गेट तोडेर फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।

    उक्त कैदी गत वर्ष भदौमा भएको जेन–जी आन्दोलनको क्रममा रुकुम (पश्चिम भाग) कारागार कार्यालयको गेट तोडेर फरार भएका थिए। घटनापछि लामो समयसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वृहस्पतिबार राति ९ बजे आफ्नै घरखेतमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ परेका कैदीलाई थप कानुनी प्रक्रियाका लागि सम्बन्धित कारागार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

    यो पक्राउ जेन–जी आन्दोलनताका मुलुकभरका कारागार तथा बालसुधारगृहहरूबाट भागेका हजारौं कैदी-बन्दीको खोजीका क्रमको एक हिस्सा हो। कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको अद्यावधिक सूची स्थानीय तहदेखि राज्यका सम्बन्धित सबै निकायमा पठाई खोजी, पहिचान र पक्राउका लागि समन्वयको आग्रह गरेको छ। पछिल्लो समय भएका केही जघन्य आपराधिक घटनामा फरार कैदीको संलग्नता देखिएपछि प्रहरीले खोजी अभियान थप तीव्र पारेको बुझिन्छ। यस्तै प्रकृतिका पक्राउ बाँके, मकवानपुर लगायत अन्य जिल्लाहरूमा पनि निरन्तर भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट