Sep 18 2026 | २०८३, असोज २ गते

शेयर बजारमा सकारात्मक संकेत, नेप्से लगातार दोस्रो दिन दोहोरो अंकले वृद्धि

शेयर बजारमा सकारात्मक संकेत, नेप्से लगातार दोस्रो दिन दोहोरो अंकले वृद्धि

नेप्से लगातार दोस्रो दिन दोहोरो अंकले वृद्धि

मंगलबार, भदौ ३० २०८३
मंगलबार, भदौ ३० २०८३
  • शेयर बजारमा सकारात्मक संकेत, नेप्से लगातार दोस्रो दिन दोहोरो अंकले वृद्धि

    काठमाडौं — नेपाल धितोपत्र विनिमय बजार (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिनमा पनि दोहोरो अंकले बढेको छ, जसले लगानीकर्ताहरूमा आशावादी वातावरण सिर्जना गरेको छ। सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५ विन्दुमा पुगेको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही समयअघि शेयर बजार सुधारका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेपछि बजारमा सकारात्मक असर देखिएको हो। यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयासस्वरूप व्यवसायीहरूसँग भेटघाट बढाएसँगै लगानीकर्ताहरूको मनोबल थप उकासिएको देखिन्छ। अधिकांश कम्पनीको सेयर मूल्य न्यून विन्दुमा पुगिसकेको र विभिन्न कम्पनीले लाभांश घोषणा गर्न थालेपछि पनि बजार क्रमशः सुधारोन्मुख रहेको बताइएको छ।

    सोमबार कुल ४ अर्ब ६८ करोड रूपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ४ अर्ब २६ करोडको तुलनामा बढी हो। कारोबारमा सहभागी कम्पनीहरूमध्ये २२६ वटाको सेयर मूल्य बढेको छ भने ४७ वटाको घटेको र दुई वटामा कुनै परिवर्तन देखिएको छैन।

    मूल्य वृद्धिका हिसाबले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी ६.४३ प्रतिशतले बढेर ९२५ रूपैयाँमा कारोबार भएको छ। यसविपरीत उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.२३ प्रतिशतले घटेर २,५३६ रूपैयाँमा झरेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र लिबर्टी इनर्जी सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेका छन्, जसमा एनआरएनको २४ करोड ९० लाख र लिबर्टीको २३ करोड ८४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट