images

Sep 29 2026 | २०८३, असोज १३ गते

७२ ब्रोकरको सर्भर अवरुद्ध, नेप्सेको कारोबार स्थगित

७२ ब्रोकरको सर्भर अवरुद्ध, नेप्सेको कारोबार स्थगित

नेप्सेको कारोबार स्थगित

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • ७२ ब्रोकरको सर्भर अवरुद्ध, नेप्सेको कारोबार स्थगित

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको छ। नेप्सेमा कारोबार गर्ने ७२ वटा स्टक ब्रोकर कम्पनीको सर्भर राखिएको डाटा सेन्टर "डाटा हब प्रा.लि."मा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो, जुन समाधानका लागि निरन्तर प्रयास भइरहे पनि हालसम्म पूर्ण रूपमा टुंगिन सकेको छैन।

    यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा नै थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगित गरिएको नेप्सेले स्पष्ट पारेको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो, जसपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम कारोबार स्थगन गरेको हो।

    नेप्सेले कारोबार स्थगित हुँदा लगानीकर्ता तथा सरोकारवालालाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ। समस्या समाधान भएपछि मात्र नियमित कारोबार पुनः सुचारु हुने नेप्सेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट