images

Oct 31 2026 | २०८३, कात्तिक १४ गते

आजदेखि तीन दिन वर्षा र हिमपात, सतर्क रहौं

आजदेखि तीन दिन वर्षा र हिमपात, सतर्क रहौं

सतर्क रहौं

बिहीबार , कात्तिक १२ २०८३
बिहीबार , कात्तिक १२ २०८३
  • आजदेखि तीन दिन वर्षा र हिमपात, सतर्क रहौं

    काठमाडौं, १२ कात्तिक — बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात 'अर्नब' क्रमशः कमजोर हुँदै गएको छ। तर यसको आंशिक असरले नेपालमा आज कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।

    नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा तथा हिमपात हुनेछ। चक्रवात कमजोर हुँदै गएको भए पनि यसले ल्याउने आंशिक असर नेपालको मौसममा देखिने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन अपिल गरिएको छ।

    यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने र हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने भएकाले पदयात्रा तथा हिमाल आरोहणमा रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

    सम्बन्धित निकायले मौसमको अद्यावधिक सूचना पछ्याउँदै अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदीनाला तथा पहिरोको जोखिम क्षेत्रबाट टाढा रहन र धान काट्ने तथा बाली भित्र्याउने कार्य मौसम हेरेर मात्र गर्न सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार