images

Oct 31 2026 | २०८३, कात्तिक १४ गते

सार्वजनिक भएको एक महिनामै नेपाली बजारमा लोकप्रिय बन्दै LG Water Purifier

सार्वजनिक भएको एक महिनामै नेपाली बजारमा लोकप्रिय बन्दै LG Water Purifier

उन्नत शुद्धीकरण प्रविधि, स्टेनलेस स्टिल ट्याङ्की र “2 Free Maintenance” सुविधासहित उत्साहजनक बिक्री; चाडपर्वमा ०% EMI सुविधा

बिहीबार , कात्तिक १२ २०८३
बिहीबार , कात्तिक १२ २०८३
  • सार्वजनिक भएको एक महिनामै नेपाली बजारमा लोकप्रिय बन्दै LG Water Purifier

    काठमाडौं। नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ताको रोजाइमा पर्दै गएको छ। उत्साहजनक बिक्रीसहित यसले बजारमा राम्रो गति लिएको जनाइएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले प्रतिस्पर्धी बजारमा यसलाई फरक पहिचान दिलाएको छ।

    LG Water Purifier मा Sediment Filtration, Anti-Scalant Treatment, Carbon Filtration, Reverse Osmosis (RO) तथा Mineral Booster/Post-Carbon Filtration सहितको Multi-Stage Purification System रहेको छ। यसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ। ८ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि पर्याप्त शुद्ध पानी भण्डारण गर्न सकिने सुविधा दिएको छ। साथै, Airtight Tank Cover र Locking System ले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट जोगाउन मद्दत गर्छ।

    यस उत्पादनको अर्को प्रमुख विशेषता “2 Free Maintenance” सुविधा हो। यसअन्तर्गत खरिद गरेको पहिलो वर्षमा दुई पटक निःशुल्क Scheduled & Automated Service Visit, दुई पटक Contactless Maintenance सहितको Digital Sterilization Care तथा दुई पटक Outside Sediment Filters उपलब्ध हुन्छन्। गुणस्तरीय उत्पादनसँगै खरिदपछिको सेवामा दिइएको यो सुविधाले ग्राहकलाई थप सहजता र विश्वास प्रदान गरेको छ।

    यसैबीच, दशैं, तिहार तथा छठको उपलक्ष्यमा उपलब्ध आकर्षक चाडपर्व अफर र ०% EMI किस्ताबन्दी सुविधाले LG Water Purifier लाई ग्राहकका लागि अझ आकर्षक बनाएको छ। उन्नत प्रविधि, स्वच्छ पानी भण्डारण, परिवारमैत्री क्षमता र अतिरिक्त मर्मतसम्भार सुविधाको संयोजनले यसको प्रारम्भिक बजार सफलतामा योगदान पुर्‍याएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार