Aug 12 2026 | २०८३, साउन २७ गते

बहुप्रतिक्षित ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • बहुप्रतिक्षित ‘ओह माइ गड २’ को ट्रेलर सार्वजनिक

    भारतीय सेन्सर बाेर्डले एक हप्ता ढिला गरी निर्णय दि‌ंदा बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओह माइ गड २’ एक हप्ता पछि मात्र रिलिज हुने भएकाे छ । जसले गर्दा साे फिल्म सनी देओलकाे गदर २ सँग जुध्ने भएकाे छ । 

    images

    यसैंवीच ओ माइ गड २ काे  ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर बुधबार नै सार्वजनिक हुने तयारीमा थियो तर बलिउडका कला निर्देशक नितिन देसाईको निधनको कारण कार्यक्रम स्थगित गरिएको थियो ।

    ‘ओ माइ गड २’ सन्नी देओलको ‘गदर २’सँगै साउन २६ गते रिलिज हुँदैछ । फिल्ममा अक्षयका साथै पंकज त्रिपाठी, यामी गौतम र अरुण गोविलको पनि मुख्य भूमिका छ । अमित रायद्वारा लिखित तथा निर्देशित यो फिल्म व्यंग्य कमेडी-ड्रामा हो । यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘ओ माइ गड’को दोस्रो श्रृंखला हो ।

    फिल्मले भगवान शिवका कट्टर भक्त कान्ति शरण मुद्गलको कथा पेश गर्छ । डाउन टु अर्थ मानिस, मायालु बुवा र हेरचाह गर्ने पतिको भूमिकामा अक्षय छन् । एक दिन उनको छोरा विवेकलाई अनैतिक व्यवहार (गे) को आरोप लगाइन्छ र स्कुलबाट निकालिन्छ ।

    त्यसपछि कान्तिले थाहा पाउँछन् कि उनको छोरो गलत सूचनाको सिकार भएको छ र गलत मार्गमा गएको छ । कान्तिले परिवारसँग सहर छोड्ने निर्णय गर्छन्, तर भगवान शिव (अक्षय कुमारद्वारा खेलिएको पात्र)ले उनीहरुलाई सत्य मार्गतर्फ डोर्‍याउन मद्दत गर्छन् । त्यसपछि कान्तिले सबैलाई जिम्मेवार ठहराउँदै अदालतमा बोलाउने निर्णय गर्छ ।

    यो फिल्म लामो समयदेखि सेन्सर बोर्डमा अड्किएको थियो । तीन दिनअघि केही दृश्य परिमार्जन गर्ने गरी फिल्मको सेन्सर पास भएको थियो । फिल्मले ‘ए’ अर्थात् एडल्ट सर्टिफिकेट पाएको छ र २७ वटा दृश्य (संवाद) परिमार्जन गर्न भनिएको छ । फिल्मको कथावस्तु समलैंगिकतामा आधारित छ र यसमा भगवान शिवको पात्र पनि भएकाले चलचित्र जाँच समितिले गम्भीरतापूर्वक यसलाई लिएको थियो ।

    सुरुमा यो फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी थियो । मिडिया रिपोर्टका अनुसार निर्माताले जियो सिनेमा एपसँग ९० करोड भारुमा सम्झौता गर्ने तयारी गरेका थिए तर अन्तिम समयमा यसलाई हलमा रिलिज गर्ने निर्णय गरियो ।

    उक्त मितिमा बलिउडमा ठूलो भिडन्त हुँदैछ । अक्षय स्टारर यो फिल्म सनी देओल र अमिषा पटेलको ‘गदर २’ सँग भिड्नेछ । ‘गदर २’ को कुरा गर्ने हो भने अनिल शर्माले निर्देशन गरेका हुन् र उनले सन् २००१ मा ‘गदर : एक प्रेम कथा’ बनाएका थिए, जुन ब्लकबस्टर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट