images

Sep 30 2026 | २०८३, असोज १४ गते

भारतकाे गौरीकुण्डमा भीषण बाढीपहिराे, तीनको मृत्यु,  ७ नेपाली बेपत्ता 

भारतकाे गौरीकुण्डमा भीषण बाढीपहिराे, तीनको मृत्यु,  ७ नेपाली बेपत्ता 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • भारतकाे गौरीकुण्डमा भीषण बाढीपहिराे, तीनको मृत्यु,  ७ नेपाली बेपत्ता 

    उत्तराखण्डको केदारनाथ मार्ग गौरीकुण्डमा अविरल वर्षासँगै आएको भीषण पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। पहिराेमा १९ जना बेपत्ता छन्। बेपत्तामध्ये ७ जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

     पहिरोमा दुई पसल र एउटा ढाबाकाे छाप्राे पुरिएकाे छ। विपत् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारसहितको रेस्क्यू टोली घटनास्थल पुगेकाे छ। उद्धार टोलीले मन्दाकिनी नदी किनारबाट तीनजनाको शव निकालेको छ।


    पहिरोमा परेर बेपत्ता भएका १९ जना खाेजीकार्य जारी रहेकाे अधिकृत नन्दनसिंहले जानकारी दिए। जिल्ला विपत् व्यवस्थापन अधिकृत नन्दनसिंहका अनुसार घटनास्थलनजिक नेपालीकाे ढाबा थियाे। उनीहरू कर्णाली प्रदेशनिवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूकाे पहिचान भने खुल्न सकेकाे छैन। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट