images

Sep 29 2026 | २०८३, असोज १३ गते

ज्ञानेन्द्र मल्लद्वारा राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

ज्ञानेन्द्र मल्लद्वारा राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • ज्ञानेन्द्र मल्लद्वारा राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

    राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अहिले राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले राष्ट्रिय तहका सबै खेलबाट सन्न्यास लिने घोषणा गरेका छन्।

    औपचारिक रूपमा त्यस्तो घोषणा गर्ने क्रममा उनले भने: ''यो मेरो लागि उपयुक्त समय भएकाले सन्न्यास लिएको हुँ।''

    सन् २००५ यू-१५ टोलीबाट राष्ट्रिय युवा टोलीमा 'डेब्यू' गरेका ज्ञानेन्द्रले सोही वर्ष यू-१७ र यू-१९ प्रतियोगिता खेलेका थिए।

    सन् २००६ मा इन्टरकन्टिनेन्टल कपबाट सिनियर राष्ट्रिय टोलीमा 'डेब्यू' गरेका मल्लले १७ वर्षसम्म नियमित राष्ट्रिय टोलीका प्रमुख पात्रको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

    नेपाली राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको सामना गर्ने तयारी गरिरहेको बेला ज्ञानेन्द्र मल्लले खेलाडीका रूपमा अब कहिल्यै मैदानमा नदेखिने घोषणा गरेका हुन्।

    एशिया कपको तयारीका लागि श्रीलङ्कामा भएको 'हाई पर्फमन्स क्याम्प' मा सहभागी भई ज्ञानेन्द्र मल्ल एक दिनअघि मात्र नेपाल फर्केका थिए।

    नेपाली क्रिकेट टोलीले आईसीसीको प्रतियोगिता डिभिजन-५ बाट खेल्दा उनले सन् २०१४ को विश्वकपमा खेले। उनी सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) प्राप्त गर्ने टोलीको सदस्य थिए।

    त्यसैगरी यसै वर्ष नेपालले ओडीआई मान्यता जोगाउने यात्राका क्रममा खेलिएको विश्वकप लीग-२ मा पनि उनको महत्त्वपूर्ण भूमिका थियो।

    सोही प्रतियोगिताको क्रममा ज्ञानेन्द्रले नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका लागि आसिफ शेखसँग मिलेर १३९ रनको साझेदारी गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट