images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादी केन्द्रीय समिति बैठकमा आज : अध्यक्ष दाहालले जवाफ दिने

माओवादी केन्द्रीय समिति बैठकमा आज : अध्यक्ष दाहालले जवाफ दिने

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • माओवादी केन्द्रीय समिति बैठकमा आज : अध्यक्ष दाहालले जवाफ दिने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ।

    गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन्। शनिबारको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफनो धारणा राखेसँगै केन्द्रिय सदस्यले धारणा राख्ने क्रम सकिएकाे छ।

    आजको बैठकमा केन्द्रिय सदस्यले उठाएका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएपछि बैठक सकिनेछ। जारी बैठकमा मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट