Aug 11 2026 | २०८३, साउन २६ गते

एम्बुलेन्स फिर्ता गरेपनि रास्वपाकाे ‘मोबाइल क्लिनिक’ सेवा जारी

एम्बुलेन्स फिर्ता गरेपनि रास्वपाकाे ‘मोबाइल क्लिनिक’ सेवा जारी

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • एम्बुलेन्स फिर्ता  गरेपनि  रास्वपाकाे ‘मोबाइल क्लिनिक’  सेवा जारी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा सञ्चालनमा ल्याएको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स फिर्ता गरेको छ तर याे सेवालाई रास्वपाले जारी राखेकाे छ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन (पुरानो मेडिकल कलेज) भरतपुरलाई नै फिर्ता गरेकाे र अहिले नयाँ एम्बुलेन्समार्फत सेवा जारी राखिएकाे रास्वपाका नेताहरुले बताएका छन ।

    images

    गैरकानूनी रूपमा रंग परिवर्तन गरेको ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेको थियो । विवादपछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको रास्वपा बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले बताए । अब अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रूपमा चलाइएकाे उनको भनाई छ ।

    विसं. २०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप दिएको थियो ।  नियमानुसार लाग्ने भन्सार तथा करमा नेपाल सरकारले कर छुट दिएको एम्बुलेन्स नियम अनुसार अहिले पत्रु बनाउनुपर्ने हो ।  

    रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । फिर्ता गरिएसँगै उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको छ ।

    मोबाइल सेवा अवरुद्ध नहुने

    मोबाइल सेवा भने एक दिन पनि अवरुद्ध हुन नदिएको उनको भनाइ छ । बरालका अनुसार ५ दिनका लागि भनेर एउटा एम्बुलेन्स भाडामा लिएर पठाइएको छ ।  

    पार्टीले दीर्घकालका लागि अर्को गाडी ल्याउने सोच बनाएकाले तत्कालका लागि यो व्यवस्था गरिएको रविको सचिवालयका एक उच्च अधिकारीले जानकारी दिए ।

    एम्बुलेन्समा एकजना डाक्टर र एकजना नर्स रहन्छन् । रविको सचिवालयले दैनिक सेड्यूल बनाएर मोबाइल क्लिनिकलाई विभिन्न वडाहरूमा पठाउने गरेको छ । यसले ६५ वर्षमाथिका वृद्ध वृद्धालाई निशुल्क सेवा दिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट