images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरे

प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरे

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरे

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

    जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्।

    अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।

    यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्।

    सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

    यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट