images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रतिनिधिसभा बैठक बस्दै, रायमाझी निलम्बनको सूचना दिइने

प्रतिनिधिसभा बैठक बस्दै, रायमाझी निलम्बनको सूचना दिइने

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • प्रतिनिधिसभा बैठक बस्दै, रायमाझी निलम्बनको सूचना दिइने

    काठमाडौँ  प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ।

    रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा छन्।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा मुछिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट रायमाझीलाई पक्राउ गरेको थियो।

    रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट