images

Sep 29 2026 | २०८३, असोज १३ गते

मा‌‌ओ‌वादी भएकै कारण विवादास्पद ल्यार्क्याल लामाले लुम्बिनी विकास कोषमा 'नियुक्ति' पाए

मा‌‌ओ‌वादी भएकै कारण विवादास्पद ल्यार्क्याल लामाले लुम्बिनी विकास कोषमा 'नियुक्ति' पाए

‘व्यक्ति ल्यार्क्याल लामाको बारेमा छानबिन गर्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने राज्यका निकाय ज्युँदै छ । उनीमाथि यसअघि पनि छानबिन एवं कारबाही नभएको होइन । आगामी दिनमा पनि दोषी ठहरिदा कारबाहीको भागिदार हुनै पर्छ । यद्यपि सुशासनप्रति आम जनताको खबरदारी चैँ चिन्ता स्वभाविक हो ।

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • मा‌‌ओ‌वादी भएकै कारण   विवादास्पद  ल्यार्क्याल लामाले  लुम्बिनी विकास कोषमा 'नियुक्ति' पाए

    ल्यार्क्याल लामाको विवादास्पद छविका खानी ।

    दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए । तर देशमा उनीजस्तो ‘प्रतिभा’ अरू कोही नपाएजस्तै गरी सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । याे नियुक्तिलाई स्वयंम माओवादी नेता तथा कार्यकर्ताले स्वीकारेका छैनन ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेपछि पार्टीबाटै विराेध सुरु भएकाे छ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा ल्यार्क्याल लामाको नियुक्तिलाई लिएर असन्तुष्टि पोख्नेप्रति प्रतिप्रश्न गरेका छन्।सरकारले लामालाई कोषको उपाध्यक्षमा नियुक्ति गरेपछि पार्टीभित्रकै नेताहरूले विरोध गर्दा उनले त्यसको बचाउ गरेका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘व्यक्ति ल्यार्क्याल लामाको बारेमा छानबिन गर्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने राज्यका निकाय ज्युँदै छ । उनीमाथि यसअघि पनि छानबिन एवं कारबाही नभएको होइन । आगामी दिनमा पनि दोषी ठहरिदा कारबाहीको भागिदार हुनै पर्छ । यद्यपि सुशासनप्रति आम जनताको खबरदारी चैँ चिन्ता स्वभाविक हो ।’

    उनले पार्टीका नेताहरूलाई एउटै केन्द्रीय समितिको बैठकमा बस्ने तर, तर सरकारी नियुक्ति लिएपछि चैँ खराब छविको भन्नेहरूलाई स्वविचार गर्नु आग्रह गरे। ‘हिजो बेलुका सम्म पनि ल्यार्क्याल लामासँग पार्टीको केन्द्रीय समितिमा सबै सँगै थिए । उनी झण्डै १४ वर्ष यता माओवादी पार्टीमा छन् । उनलाई केन्द्रीय समितिबाट निकाल्न वा पार्टीबाटै निकाल्नु पर्छ भनेर औपचारिक समितिमा कति पटक आवाज उठ्यो र कति पटक लिखित माग भएको छ ? अन्त जवाफ नदिए पनि आफूलाई त जवाफ दिनुपर्ला’ उनले भनेका छन्।

    संस्थागत रूपमा माओवादी पार्टीको केन्द्रीय सदस्य समेत भएका हैसियतले, बौद्ध दर्शनमा खेम्पो भएका हैसियतले र बौद्ध परम्परामा अन्तर्राष्ट्रिय दक्खल समेत भएका कारण लुम्बिनी विकास कोषको उपाध्यक्ष हुने हैसियत राख्ने उनको भनाइ छ।

    ‘व्यक्तिगत रूपले आगामी दिनमा रत्नाकर डाकु नै हुन्छन् वा वाल्मीकि उनको दक्षता र स्वच्छताको लागि सकारात्मक चुनौतीको विषय हो । दोषी रहेछन् भने कारबाही गर्ने दायित्व राज्यको हो’ उनले भनेका छन्।

    विवादास्पद पृष्ठभूमिका ल्यार्क्याल पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए । यसरी पर्यटन मन्त्री सुदन किराँतीकाे प्रस्तावमा  गरिएकाे याे नियुक्तीमाथि प्रश्न उठेकाे हाे । कार्यकर्ताको अध्यक्ष /सभापति रिझाउने शैलीको अन्त्य हुन जरुरी रहेकाे जानकारहरु बताउछन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट