Aug 12 2026 | २०८३, साउन २७ गते

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा किन बसिरहेकाे छ ?

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा किन बसिरहेकाे छ ?

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा किन बसिरहेकाे छ ?

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ । सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा बैठक केन्द्रित रहेको छ ।

    images

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

    यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको स्थितिमा शीर्ष नेताको छलफल भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट