अर्बपति एलन मस्क र मार्क जुकरबर्ग एक आपसमा भिड्दै, एक्सबाट प्रत्यक्ष प्रसारण गरिने
अर्बपति एलन मस्क र मार्क जुकरबर्ग एक आपसमा भिड्दै, एक्सबाट प्रत्यक्ष प्रसारण गरिने
एक्स कर्पका मालिक तथा अर्बपति एलन मस्कले मेटाका संस्थापक तथा सिइओ मार्क जुकरबर्गसँगको केज फाइटको विषयमा घोषणा गरेका छन् । मस्कले जुकरबर्गसँगको केज फाइटलाई एक्स प्लार्टफर्ममा प्रत्यक्ष प्रसारण गरिने बताएका छन्।
मेटाले ट्विटरको प्रतिस्पर्धा गर्दै आफ्नो नयाँ माइक्रोब्लगिङ एप थ्रेड्स ल्याएको थियो । त्यसपछि दुई टेक दिग्गजहरूका बीच शब्दकाे विवाद चर्कियाे। यो विवाद यतिसम्म बढ्यो कि एलन मस्कले जुकरबर्गलाई केज फाइट गर्न चुनौती दिए, जसलाई मेटाका सीईओले पनि स्वीकार गरे।
एक्सका मालिक मस्कले एक्स (ट्विटर)मा आफ्नो ट्वीटमार्फत यो जानकारी दिएका हुन्। मस्कले लेखेका छन्, 'जुकरबर्ग भर्सेस मस्कको लडाई एक्समा लाइभ स्ट्रिम हुनेछ। सबै कमाइ परोपकार कार्यमा जानेछ।'
एलन मस्कले भरखरै मात्र जुकरबर्गलाई केज फाइटको चुनौती दिएका थिए जसलाई मेटाका सीईओले स्वीकार पनि गरे। मस्कको ट्विटको जवाफ दिँदै जुकरबर्गले भने, 'मलाई स्थान पठाउनुहोस्।' अथवा मलाई केज फाइटको स्थान पठाउनुहोस्।
