Aug 11 2026 | २०८३, साउन २६ गते

दिउँसो १ बजेलाई बोलाएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेन

दिउँसो १ बजेलाई बोलाएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेन

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • दिउँसो १ बजेलाई बोलाएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेन

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेलाई बोलाएको भएपनि अझै बस्न सकेको छैन्।

    images

    संसद अवरोध हटाउनका लागि सभामुखसहित बसेकाे शीर्ष नेताहरुको बैठकको निर्णय नआउँदा प्रतिनिधिसभाको बैठक समयमा नै बस्न नसकेको हो।

    सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका नेताहरु छलफल गरिरहेका छन्। यता संसद भवन नयाँ बानेश्वरमा भने सांसदहरु बैठकको प्रतिक्षामा रहेका छन्।

    सिंहदरबारमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख ३ दलका प्रमुख सचेतकहरु छलफलमा रहेका छन्।

    यता राष्ट्रियसभाको बैठक भने स्थगित भएको छ। आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले) ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो।

    साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेको थियो। एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट