images

Sep 29 2026 | २०८३, असोज १३ गते

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरु

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरु

    सामसङ, नेपालले ५औं जेनेरेसनको ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर गर्न सकिने जानकारी दिएको छ । प्रयोगकर्ताहरुले स्लिक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन् ।

    नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसँगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको छ । यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन् । लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावनालाई रुपान्तरण गरेको छ।

    नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि  ग्राहकहरुले सोमबारदेखि नै यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि(अर्डर गर्न सक्नेछन् र प्रि-अर्डरसँगै प्रि-गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यी उपकरणहरुको प्रि-अर्डर सामसङको आधिकारिक स्टोरहरुमा गइ गर्न सक्नेछन् । 

    ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्व-अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन हो ।
    ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन रङ्गहरुमा उपलब्ध छन् । यसको बजार मुल्य ८ं२५६ जिबिको मोडलको लागि रु.१ लाख ३९ हजार ९ सय ९९ तोकिएको छ । ग्राहकहरुले प्रि-अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३ं३२ जिबि) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि रु.५ हजार र सामसङ ए७ लाइट एलटिइको लागि रु.२ हजार अतिरिक्त व्यहोर्नु पर्नेछ ।

    ग्यालेक्सी जेड फोल्ड ५ः विशाल स्क्रीनयुक्त एकमात्र उत्पादकत्व भएको पावरहाउस फोन हो 
    विशाल स्क्रीन र धेरै समय चल्ने ब्याट्रीसहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाइट ब्लु रङ्गमा उपलब्ध छन । ग्यालेक्सी जेड फोल्ड ५,१२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ंं२५६ जिबि) को मुल्य रु.२ लाख २७ हजार र ग्यालेक्सी जेड फोल्ड ५ (१२ं५१२ जिबि) को मुल्य रु.२ लाख ४० हजार कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२ंं२५६ जिबि) को प्रि-अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् उदाहरणको लागि ग्राहकहरुले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा रु.३ हजार थपेर २४ इन्चको सामसङ मोनिटर वा रु.४० हजार थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।

    समग्रमा ग्राहकहरुले प्रि-अर्डर मार्फत् बढीमा रु.२५ हजारसम्मको लाभ लिन सक्नेछन् । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि ृपयोग गर्न सक्नेछन् । न्यूनतम इएमआइ प्रति महिना रु.७ हजारका दरले शुन्य प्रतिशत ब्याजमा शुरु हुनेछ । ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन् ।
    दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट