Aug 11 2026 | २०८३, साउन २६ गते

सदन चल्ने बेलामा नै किन बार्गेनिंग गरिन्छ?: रवि लामिछाने

सदन चल्ने बेलामा नै किन बार्गेनिंग गरिन्छ?: रवि लामिछाने

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • सदन चल्ने बेलामा नै किन बार्गेनिंग गरिन्छ?: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आरोपअनुसार  बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् र सदन चल्ने बेलामा नै किन गरिन्छ ? भनेर प्रमुख तीन दलमाथि प्रश्न गरेका छन् ।

    images

    मंगलवारको बैठकमा उनले चाहिने नेता र सभामुख बसेर पहिल्यै मिलाउन आग्रह गर्दै भने, “सदन चल्ने समयभन्दा अगाडि चाहे रात परोस्, चाहे बिहान होस् । देखिएका आवश्यक पर्ने दलका नेता अगाडि नै बैठक बसेर सम्मानित सभामुखमार्फत आएको समयमा किन सदन चल्दैन ?”

    उनले तीनजना नेता बसेर सदन बस्नु अघि नै किन बार्गेनिङ नगरेको भन्दै प्रश्न पनि गरे ।“तीन जना नेता मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिलाउनुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनौँ? ”

    उनले केही नेता बसेर सदनलाई बन्धक बनाउन नपाइने पनि बताए । सदनको घण्टी बज्नुअघि जे–जे मिलाउनुपर्छ मिलाउन आग्रह गरे । 

    “मिलेमतो हो । यो बजेट यथास्थितिमा पास गर्न दिदैनौँ भनेर कराउने सत्तापक्षले खुरुखुरु पास गरे । यसो भए संसद् चल्न दिदैनौँ भनेको थियो त्यसो भएन । संसद् चल्यो ,” उनले भने ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट