images

Sep 29 2026 | २०८३, असोज १३ गते

आईटी सेवा निर्यात गर्ने कम्पनीले अब विदेशको आफ्नै बैंक खातामा रकम पठाउन सक्ने 

आईटी सेवा निर्यात गर्ने कम्पनीले अब विदेशको आफ्नै बैंक खातामा रकम पठाउन सक्ने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • आईटी सेवा निर्यात गर्ने कम्पनीले अब विदेशको आफ्नै बैंक खातामा रकम पठाउन सक्ने 

    सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम तथा उपकरण खरिद गरी विदेशमै जडान गर्न उद्योग–व्यवसायले वाणिज्य बैंकमार्फत विदेशी मुद्रा सुविधा पाउने भएका छन् । 

    विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७९ संशोधन गर्दै नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायतका सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्म दिने व्यवस्था गरेको हो । 

    अघिल्लो आर्थिक वर्ष सूचना प्रविधिलगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवर्त्य विदेशी मुद्राको बैंक खाता विवरण, भारतका हकमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यातकर्ताका हकमा नेपाली रुपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जनसम्बन्धी प्रमाण पेस गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

    विदेशी मुद्रा सुविधा माग गरिएको रकमसमेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस आवश्यक पर्ने छ भने यसका लागि विदेशमा खाता खोल्न राष्ट्र बैंकको छुट्टै स्वीकृति भने आवश्यक पर्ने छैन । 

    विदेशी मुद्राको सीमा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लेखित करयोग्य आयको २० प्रतिशतभन्दा बढी नहुने पनि बैंकले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट