images

Sep 29 2026 | २०८३, असोज १३ गते

हत्याकाण्डको छानबिनमा आफ्ना नेता पर्ने डरले जनता समाजवादी पार्टीभित्र भूकम्प

हत्याकाण्डको छानबिनमा आफ्ना नेता पर्ने डरले जनता समाजवादी पार्टीभित्र भूकम्प

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • हत्याकाण्डको छानबिनमा आफ्ना नेता पर्ने डरले जनता समाजवादी पार्टीभित्र भूकम्प

    गौर हत्याकाण्डको छानबिन हुनेभएपछि जनता समाजवादी पार्टीभित्र भूकम्प गएको छ ।

    सरकारले मंगलबार गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदै सम्झौता गर्दै छानबिन गर्ने निर्णय गरेसँग जसपाभित्र तरंग पैदा भएको हो । हत्याकाण्डमा संलग्न भनिएका उपेन्द्र यादव हाल जसपाका अध्यक्ष छन् ।

    जसपाले आज आकस्मिक बैठक बोलाएको छ । जसपाले सरकारले हत्याकाण्डको छानबिन गर्ने निर्णय गरेसँग अब कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुने बुझिएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले ७ चैत २०६३ मा एकैदिन रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए ।

    फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए । सभा हुने दिन बिहान ११ बजेदेखि फोरमका कार्यकर्ताहरू लाठीसहित जुलुस निकारेर गौर नगर परिक्रमा गरे । दिउँसो २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो । फोरम र माओवादीको जुलुस अदालत चोकनिर जम्काभेट हुँदा दुवैले एक अर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।

    एउटै चौरमा दुवै पक्षले १०० मिटरको दुरीमा मञ्च बनाएका थिए । फोरमको सभा पहिला सुरु भयो । माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । करिब २:०५ बजेतिर फोरमका १५–२० जनाको समूहले माओवादीको मञ्च तोडफोड गरे । आफ्नो मञ्च तोडफोड गरेको देखेपछि माओवादीका कार्यकर्ताहरूले पनि राइस मिलको चौरमा सभा सुरु भएको फोरमको मञ्च तोडफोड गर्न थाले ।

    माओवादीले मञ्च तोडफोड गर्न थालेको केही समयमा नै मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको थियो । त्यसपछि दुवै पक्षको सभास्थल रणभूमिमा परिणत भयो । त्यसक्रममा माओवादीका कार्यकर्ताहरूको क्रुर ढंगले हत्या भयो । २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै ५३ जना घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट