images

May 17 2024 | २०८१, जेठ ४ गते

चालकलाई केरुङ्ग प्रवेश पास प्रदान गर्न चीन सकारात्मक

चालकलाई केरुङ्ग प्रवेश पास प्रदान गर्न चीन सकारात्मक

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • चालकलाई केरुङ्ग प्रवेश पास प्रदान गर्न चीन सकारात्मक

    काठमाडाैं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले बताएका छन् । बुधवार काठमाडाैं कालिकास्थानस्थित विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै विभागका महानिर्देशक अधिकारीले त्यस्तो कुरा बताएका हुन् ।

    images
    images

    ‘चीन तर्फ कस्टम अथोरिटिसम्म कुरा लैजानेगरी नेपाल स्थित चीनको राजदुतावासका सेकेण्ड सेक्रेटरीसँग बुधबार नै अध्यागमन विभागमा छलफल गरेको छु, उनीहरु (चीन) यस विषयमा सकारात्मक भएको छ चाँडै समस्याको समाधान हुनेमा हामी आशावादी छौं’ महानिर्देश अधिकारीले जानकारी गराए ।

    गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्याविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको थियो । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था भएतापनि  अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरुले चीन प्रवेश अनुमति पत्र पाएका छैनन् ।

    चालकहरुले चीन प्रवेश अनुमति पत्र नपाउँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले काठमाडाैंबाट १३२ किलोमिटर दुरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्‍याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दुरीमा रहेको केरुङ लानका लागि १५ हजार तिर्नुपर्ने व्यथितिको मजदुर संगठन र व्यवसायीहरुले विरोध गर्दै आइरहेका छन् ।
    चालकहरुलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र लकडाउनपछि संगठन र जिल्ला प्रशासन कार्यालय रसुवा, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानकर्षण गराएको थियो ।

    त्यस्तै साउनको ३ गते अध्यागमन विभागलाई ज्ञापन पत्र बुझाउँदै समस्याको समाधानका लागि आग्रह गरिएको थियो । सरकारले २०७६ सालमै जारी गरेको कार्यविधि कार्यान्वयनका लागि बल्ल चीनका अधिकारी समक्ष पुगेको र कुरा सकारात्मक रहेको कुराले आशावादी रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

    ‘यो हाम्रो भन्दा पनि देशको समस्या हो यसको तत्काल समाधान हुनेमा हामी आशावादी छौँ’ नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए । अब महँगो पैसा दिएर अपरिचित व्यक्तिको जिम्मा लाएर हाम्रा लाखौँको सवारीसाधन केरुङ पठाउनु पर्ने दिनको अन्त्य हुनेछ भन्ने आशा गरेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।

    यो समस्याबाट चालकहरु अत्यन्तै पीडित रहेकाले यो समस्याको समाधानसँगै चालकहरुको भौतिक सुरक्षामा समेत सरकारले चासो राख्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए ।

    ‘चीनको भूभागमा विभिन्न बहानामा त्यहाँ पुग्ने नागरिकमाथि दुर्व्यवहार हुने, प्रशासनिक झमेला सृजना गर्ने कार्यहरु बढीरहेका छन्, यस्ता कार्य सुरक्षाको चासो देशकै चासो हो त्यस्ता दुखद घटनाहरुको अन्त्यका लागि दुईदेशका सिमा सुरक्षा अधिकारीहरु र दुवै देशका उच्च तहबाट छलफल गरी समाधान गर्नुपर्छ’ श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट