images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरे एक वर्षे कार्यसम्पादन सम्झौता 

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरे एक वर्षे कार्यसम्पादन सम्झौता 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरे एक वर्षे कार्यसम्पादन सम्झौता 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

    मन्त्रालयहरूको समीक्षागत बैठक राखेपछि प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सबै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्। 

    प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका छन्। 

    उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गरिएको छ। त्यसपछि मन्त्रीहरुसँग आ.व. २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको हो। 

    कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले आगामी १ वर्षभित्र आफ्नो मन्त्रालयबाट गर्ने कामको विवरण प्रधानमन्त्रीकहाँ पेस गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट