Aug 12 2026 | २०८३, साउन २७ गते

नेविसंघकाे असन्तुष्ट पक्षले देउवा भेेटे

नेविसंघकाे असन्तुष्ट पक्षले देउवा भेेटे

नेविसंघको विधानमा पनि समावेशी सिद्धान्तको कार्यन्वयन गर्ने कुरा लेखिए पनि नेतृत्वले भने विधानविपरीत ७११ जनाको कमिटी बनाएको विद्यार्थीहरूले जनाए। यसले लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीहरूलाई पचाउन कठिन भएको उनीहरूको बुझाइ छ।  

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • नेविसंघकाे असन्तुष्ट  पक्षले देउवा भेेटे

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विधार्थी संघको नयाँ कार्यसमितिप्रति संघमा आवद्ध विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। नयाँ कार्यसमिति समावेशी नभएको भन्दै बिहीबार विद्यार्थीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छ्न्।  

    images

    लामो समयपछि आएको केन्द्रीय कार्यसमिति कुनै पनि किसिमबाट समावेशी नरहेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालयकी कोषाध्यक्षसमेत रहेकी पद्मा भुसालको नेतृत्वमा पत्र बुझाइएको हो। 'समावेशीकरण लोकतान्त्रिक शासनको अवधारणा हो। राज्यको मूलधारमा आउन नसकेका वर्ग, समुदायलाई मूलधारमा ल्याउन गरिने प्रयास समावेशीकरण हो। नेपाल विद्यार्थी संघले सदैव समावेशीकरणलाई मध्यनजर गर्दै अघि बढ्नु पर्छ,' भुसालले भनिन्।  

    नेविसंघको विधानमा पनि समावेशी सिद्धान्तको कार्यन्वयन गर्ने कुरा लेखिए पनि नेतृत्वले भने विधानविपरीत ७११ जनाको कमिटी बनाएको विद्यार्थीहरूले जनाए। यसले लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीहरूलाई पचाउन कठिन भएको उनीहरूको बुझाइ छ।  

    'कमिटीमा कुनै पनि लिङ्ग र समुदायलाई नियम अनुरुप समावेश गरेको पाइँदैन, यो सरासर गलत हो। हामी लोकतान्त्रिक विचार मान्ने संगठनका विद्यार्थी नेता भएर पनि लोकतान्त्रिक नियम नमान्नु दु:खद् हो,' भुसालले भनिन्। 

    ध्यानाकर्षण पत्र बुझाउने समूहमा नेपाल ल कलेजका स्ववियु सदस्य सपना गौतम र विवेचना न्यौपाने, शंकर देव क्याम्पस स्ववियु सदस्य रञ्जिता अधिकारी, अस्कल क्याम्पस नेविसंघ नेता श्याम शाह र किरण चौलागाईं, ल क्याम्पसकी नेविसंघ नेत्री केरिना गहतराज, त्रिभुवन विश्वविद्यालयका नेविसंघ नेता सौरभ कोइराला,  कैलाशकुट बहुमुखी क्याम्पस नेविसंघ नेता विनोद विक र मोहम्मद अल्ताफ नेपाली थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट