Aug 12 2026 | २०८३, साउन २७ गते

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउने कांग्रेस सांसद शर्मा पक्राउ

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउने कांग्रेस सांसद शर्मा पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउने कांग्रेस सांसद शर्मा पक्राउ

    नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा बिहीबार दिउँसो पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हाे।

    images

    विराटनगरस्थित नोबेल मेडिकल कलेजका मुख्य सञ्चालक सुनील शर्माले संसद्‌मा बोल्दै सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए।

    उनले सुन प्रकरणमा मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिएका थिए।

    उनले सुन प्रकरणमा भरियालाई मात्र समाएर मुख्य नाइकेहरु भाग्ने र अर्थमन्त्री तथा गृहमन्त्री त्यही भरिया समातेर बस्ने बताएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट