images

Sep 29 2026 | २०८३, असोज १३ गते

सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू

सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताए । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उनले भने ।

    मन्त्री लिम्बूले युवालाई कसरी बढीभन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको बताए । उनले नीतिमा आवश्यक पर्ने सुझाव दिनका लागि युवालाई आग्रहसमेत गरे । खेलकुदमन्त्री लिम्बूले युवालाई देशको नेतृत्व गर्नका लागि तयार हुन आह्वान गर्दै आफूलाई समयानकुल परिवर्तन गर्ने, सबैलाई एकत्रित बनाई देश विकास तथा देश निर्माणको सङ्कल्पमा युवा लाग्नुपर्ने बताए । मुलुकमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको उनको भनाइ थियो ।

    मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी रहेको बताए। ‘कौशल युवा, दिगो विकासका लागि’ भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट